कोरोना संक्रमितको उपचारमा ‘जेठी मधु’को परीक्षण गरिँदै « Khabarhub

कोरोना संक्रमितको उपचारमा ‘जेठी मधु’को परीक्षण गरिँदै


२६ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना संक्रमितको उपचारमा जेठी मधुको परीक्षण गर्ने भएको छ।

दम, खोकी, तथा पेटका रोग निको पार्न जेठी मधुको प्रयोग हुँदै आएको पाइन्छ । त्यसैले कोरोनाविरुद्धको उपचारमा पनि यो फलदायी हुने विश्वास गरिएको छ ।

‘एन्टी भाइरल’को रुपमा विदेशमा पनि जेठी मधुको प्रयोग गर्दा त्यसको राम्रो परिणाम देखिएकाले नेपालमा कोरोना संक्रमितको उपचारमा यसको प्रयोग गर्न लागिएको परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए।

‘भारत र चीनमा यसको प्रयोग भएको र राम्रो परिणाम पनि देखाएको छ। त्यसैले हामीले पनि यसको प्रयोगको तयारी थालेका छौं,’ डा. ज्ञवालीले भने, ‘यसले संक्रमितमा लक्षणहरुलाई कति घटाउँछ, मृत्युदरलाई घटाउँछ कि घटाउँदैन जस्ता पक्षहरुलाई हामी हेर्नेछौँ।’

यस विषयमा आइतबार पनि पदाधिकारीहरुबीच छलफल भएको छ।

अनुसन्धानमा जेठी मधु लिनुअघि र पछि संक्रमितको शरीरमा उत्पन्न हुने एन्टिबडीमा कस्तो फरक देखियो भनेर अध्ययन गरिने डा. ज्ञवालीले बताए।

परिषदको अनुसन्धान विभागका प्रमुख मेघनाथ धिमालले जेठी मधुसहित अन्य विभिन्न जडिबुटी मिश्रित चिया कोरोना संक्रमितलाई खुवाउने तयारी भएको बताए।

प्रदेश ५ का जनस्वास्थ्य अधिकृत तथा आयुर्वेदका चिकित्सक राजेन्द्र गिरीले जेठी मधु मिसाएको औषधि श्वासप्रश्वास, रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउनका लागि प्रयोग हुने गरेको बताए।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ९ : ४४ बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा