चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका दाहालद्वारा पदभार ग्रहण « Khabarhub

चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका दाहालद्वारा पदभार ग्रहण


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र विकास बोर्डको अध्यक्षमा केही दिन अगाडि नियुक्त भएका निर्देशक दयाराम दाहालले आज पदभार ग्रहण गरेका छन् ।

चलचित्र विकास बोर्डको कार्यलय चावहिलमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनलाई चलचित्र विकास बोर्डका कर्मचारीहरुले स्वागत गरेका थिए ।

सरकारबाट बोर्ड अध्यक्ष पदको नियुक्ति लिएसँगै उनी पदभार ग्रहण गर्न सोमबार बोर्ड पुगेका हुन।

पदभार ग्रहण गर्दै उनले भने–‘सबैले सहयोग गर्नुहोला । चलचित्र क्षेत्रको विकासका लागि सबैको साथ र सहयोगको खाँचो छ।’

चलचित्र विकास बोर्डको अध्यक्ष पद विगत ६ महिनादेखि रिक्त थियो ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ५ : ४१ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ