दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु आजबाट खुले « Khabarhub

दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु आजबाट खुले


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु आजदेखि खुलेका छन् ।

भारत सरकारले आजदेखि धार्मिक स्थल तथा मठ मन्दिरहरु खुला गर्ने निर्णय गरेको थियो । सोही अनुरुप भारतको राजधानी नयाँ दिल्लीका साथै दिल्ली राज्यका मन्दिरहरु सोमबारदेखि खुला गरिएका हुन् ।

त्यहाँका मस्जिदलगायत अरु धेरै धार्मिकस्थलहरुका साथै साइबाबा मन्दिर र गुरुद्धारा पनि खुला गरिएको बताइएको छ ।

तर सोमबार बिहानै भने यहाँको जामा मस्जिदमा धेरै भक्तजनहरुको उपस्थिति भने देखिएको थिएन ।

नयाँ दिल्लीका यी धेरैजसो मन्दिरहरु आज खुलेको भएपनि त्यहाँ कमै मात्रामा दर्शनार्थीहरु जम्मा भएका थिए । तर त्यहाँ पुगेकाहरुले भने आफूहरुले लामो समयपछि मन्दिर पुगेर पाठपूजा गर्न पाउँदा निकै खुसी भएको बताएका थिए ।

ती मन्दिर तथा तीर्थस्थलहरुमा पुगेका नागरिकहरुलाई स्यानिटाइजर तथा दिनुका साथै आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाउन भनिएको थियो ।

उनीहरुलाई आवश्यक स्वास्थ्य मापदण्डहरु पूरा गरेर मात्र मन्दिरभित्र प्रवेश गराइएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ६ : ०१ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र