भेरी अस्पतालको प्रयोगशालामा थप ९ जनामा कोरोना पुष्टि « Khabarhub

भेरी अस्पतालको प्रयोगशालामा थप ९ जनामा कोरोना पुष्टि


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश बहादुर थापामा अनुसार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालले सोमबार साँझ  संक्रमितको अपडेट फेसबुक मार्फत सार्वजनिक गर्दै संक्रमित थप भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु बाँकेको नेपालगञ्ज-४ का ४९ वर्षका पुरुष, वडा नम्बर २० का ३२ वर्षका पुरुष, वडा नम्बर १३ का २४ वर्षका पुरुष रहेका छन् । यस्तै बाँकेकै खजुराका वडा नम्बर ५ का २३ वर्षका पुरुष, वडा नम्बर ४ का ३६ वर्षका पुरुष र ३५ वर्षकी महिला पनि संक्रमित भएका छन् ।

यस्तै खजुराकै वडा नम्बर ३ र २ का ४३ वर्षका पुरुष र २३ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाको मधुवन ६ का १८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आजै भेरी अस्पतालको प्रयोगशालामा १९ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो । सो प्रयोगशालामा आज मात्र २८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ६ : ५३ बजे

शुक्रबार सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा

टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’

काठमाडौं– टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन

देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट