चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा | Khabarhub Khabarhub

चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-२ गोल अन्तरले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक एक गोल गरे ।

क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए ।चेल्सको छैटौं मिनेटमा जेरुडको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । विलियनको पासमा जेरुडले सहज गोल गरे ।

खेलको २७ औं मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो । उनले पनि विलियनको पासलाई सदुपयोग गरे ।

तर, ३४ औं मिनेटमा जाहाले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गर्दा पहिलो हाफमा चेल्सी २-१ ले अघि रह्यो । खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३-१ को अग्रता दिलाए ।

मैदान प्रवेश गरेको पाँच मिनेटपछि नै रुबेनको पासमा उनले पोस्टको जाली चुमाए । त्यसपछि खेलको ७२ औं क्रिस्टलका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी ३-२ गोल अन्तरले बिजयी भयो ।

चेल्सीले लेष्टर सिटीलाई २ अंकले पछि पार्दै चेल्सी शीर्ष तीनमा उक्लिएको हो । चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ । समान खेल खेलेको लेष्टर ५९ अंक रहेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ७ : ४५ बजे

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं