मुलुकका विभिन्न स्थानमा हल्का वर्षा, कस्तो रहला दिनभरको मौसम ? « Khabarhub

मुलुकका विभिन्न स्थानमा हल्का वर्षा, कस्तो रहला दिनभरको मौसम ?


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न ४ वटा प्रदेशमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, गण्डकी, प्रदेश ५, प्रदेश २ को धनुषा, सिरहा तथा प्रदेश १ को विराटनगर आसपासको क्षेत्रमा बदली भइ हल्का वर्षा भइरहेको छ ।

मुलुकका विभिन्न भू-भागमा सामान्यदेखि पूर्ण बदली रही आज दिउँसो कर्णालीबाहेकका सबैजसो भू-भागका केही स्थानहरूमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भारी वर्षासँगै ती क्षेत्र    मा बाढी – पहिरोको जोखिम रहेको तथा बिभिन्न क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 महाशाखाको पछिल्लो विवरणअनुसार दिपायलमा ३३.६ मिलिलिटर वर्षा भएको छ । यस्तै डडेल्धुरामा २९.५, धनगढीमा २५.५, वीरेन्द्रनगरमा १८.२, नेपालगञ्जमा २५.२, जुम्लामा ९.४, घोराहीमा ५.५, पोखरामा २.९, भैरहवामा २.६, काठमाडौँमा २.४, जोमसोममा १८.५, धरानमा ३.१, लुम्लेमा ८३.३ र जिरीमा २७ मिलिलिटर वर्षा भएको छ ।

नेपाल बाढी पूर्वानुमान महाशाखाले भने  कञ्चनपुरमा भारी वर्षापछि भीमदत्त नगरपालिकास्थित चौधर नदी लगायत कञ्चनपुर भई बहने स-साना नदीमा बाढी आउन सक्ने भएकाले विहान १० बजेसम्म सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : १२ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय