न्यून गुणस्तरका दुई औषधिमा रोक « Khabarhub

न्यून गुणस्तरका दुई औषधिमा रोक


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो ।

मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्रीवितरकलाई मङ्गलबार निर्देशन दिइएको बताइएको छ । विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १ : ५८ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा