न्यून गुणस्तरका दुई औषधिमा रोक « Khabarhub

न्यून गुणस्तरका दुई औषधिमा रोक


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो ।

मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्रीवितरकलाई मङ्गलबार निर्देशन दिइएको बताइएको छ । विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १ : ५८ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ