मनसुनजन्य विपद : वैशाखयता ८०४ घटना, ११४ को मृत्यु « Khabarhub

मनसुनजन्य विपद : वैशाखयता ८०४ घटना, ११४ को मृत्यु


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकभर वैशाखयता ८०४ वटा विपद्जन्य घटना हुँदा १०४ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा परी तीन जना हराइरहेका र ३४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ । चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन् ।

विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६०० परिवार प्रभावित भएका छन् । दुई हजार ५१५ घरमा आंशिक र २४५ घर पूर्णक्षति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

उक्त अवधिमा झण्डै रु ४३ करोड बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त अवधिमा १५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका छन् । आगलागीका ३३९ घटना हुँदा सात जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएका, १७० वटा घर पूर्णक्षति भएको र ११० घर आंशिक क्षति भएको छ ।

उक्त अवधिमा २३ वटा सर्पको टोकाइका घटना भएकोमा १० जनाको मृत्यु भएको र १४ जना घाइते भएको कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो ।

उक्त अवधिमा बाढीका भने २३ घटना भएको छ । जसबाट चार जनाको मृत्यु र एक जना वेपत्ता छन् । प्राप्त विवरणानुसार यो बीचमा १०७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन् ।

पहिरोमा परी दुई जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : ४४ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड