मनसुनजन्य विपद : वैशाखयता ८०४ घटना, ११४ को मृत्यु « Khabarhub

मनसुनजन्य विपद : वैशाखयता ८०४ घटना, ११४ को मृत्यु


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकभर वैशाखयता ८०४ वटा विपद्जन्य घटना हुँदा १०४ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा परी तीन जना हराइरहेका र ३४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ । चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन् ।

विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६०० परिवार प्रभावित भएका छन् । दुई हजार ५१५ घरमा आंशिक र २४५ घर पूर्णक्षति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

उक्त अवधिमा झण्डै रु ४३ करोड बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त अवधिमा १५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका छन् । आगलागीका ३३९ घटना हुँदा सात जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएका, १७० वटा घर पूर्णक्षति भएको र ११० घर आंशिक क्षति भएको छ ।

उक्त अवधिमा २३ वटा सर्पको टोकाइका घटना भएकोमा १० जनाको मृत्यु भएको र १४ जना घाइते भएको कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो ।

उक्त अवधिमा बाढीका भने २३ घटना भएको छ । जसबाट चार जनाको मृत्यु र एक जना वेपत्ता छन् । प्राप्त विवरणानुसार यो बीचमा १०७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन् ।

पहिरोमा परी दुई जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा