आज १० अन्तर्राष्ट्रिय उडान, ९६५ नेपाली स्वदेश फर्किए  | Khabarhub Khabarhub

आज १० अन्तर्राष्ट्रिय उडान, ९६५ नेपाली स्वदेश फर्किए 


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि १० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत ९५६ यात्रु काठमाडौँ आएका छन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ ।

सोही एयरलाइन्सले दोहाबाट १४८ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स आज राति दोहा र क्वालालम्पुर उड्ने विमानस्थल कार्यालयले जनाएको छ ।

हिमालय एयरलाइन्सले दोहाबाट १५४ र क्वालालम्पुरबाट १५१ यात्रुलाई नेपाल ल्याएको छ । आजै कतार एयरवेजले दोहाबाट १७७ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७६ यात्रुलाई नेपाल ल्याएको छ । उक्त एयरलाइन्स दमाम र कुवेतमा चार्टर्ड उडान गर्ने तालिका छ ।

बिहीबार पनि विभिन्न मुलुकबाट ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । हिमालय एयरलाइन्स चीनको टियान्जिन, अबुधाबी र दुबईबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ । त्यस्तै नेपाल एयरलाइन्सले क्वालालाम्पुर, रियाद, दोहा र दुबईबाट यात्रु ल्याउने छ ।

विभिन्न मुलुकबाट नेपालीको उद्धार उडानका लागि नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले चार्टर्ड उडान गरिरहेका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ हेलिकोप्टरसहित कूल १३ उडान भएका छन् । तारा एयर र समिट एयरले लुक्ला चार्टर्ड उडान गरेका छन् भने यति एयरको जहाजले जनकपुरमा उडान गरेको छ ।

समिटकै दुई जहाजले सिमिकोटमा उडान गरेको छ । सिम्रिकको हेली जुम्ला गएको छ । मनाङ एयरको हेलिकोप्टरले दुई यात्रु बोकेर स्याङबोचे उडेको थियो । एयर डाइनेस्टीको हेलिकोप्टरले दुई यात्रु बोकेर स्याङ्जा गएको थियो । सोही कम्पनीको हेलिकोप्टरले पाँच यात्रु बोकेर सोलुखुम्बु गएको छ ।

सिम्रिकले सङ्खुवासभा र गोरखा मनाङ एयरको हेलीकोप्टरले उडान गरेको छ । मनाङ एयरको हेलिकोप्टरले तेह्रथुम र कैलाश एयरले मुस्ताङबाट चार्टर्ड उडान गरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १० : २२ बजे

चीनले समुद्रबाट ‘स्मार्ट ड्रयागन’ रकेट प्रक्षेपण गर्‍यो

एजेनसी – चीनले शनिबार बिहान आफ्नो स्मार्ट ड्र्यागन–३ (एसडी–३) नामक

स्वास्थ्यतर्फका सशर्त अनुदान क्रियाकलाप सञ्चालनका लागि मार्गदर्शन तयार

काठमाडौं– स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८२–८३ मा स्थानीय तहबाट

गाजा क्षेत्र कब्जा गर्न खोजेको इजरायललाई पाँच मुस्लिम देशको चेतावनी

काठमाडौँ – इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा क्षेत्र ‘कब्जा’ गर्ने योजनालाई

मधेसमा लम्पीस्किनको सङ्क्रमणबाट १७०० पशु मरे

जनकपुरधाम– लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय