यी हुन् काठमाडौँ उपत्यकामा संक्रमण देखिएका १३६ स्थान « Khabarhub

यी हुन् काठमाडौँ उपत्यकामा संक्रमण देखिएका १३६ स्थान


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् ।

काठमाडौँ उपत्यकामा हाल उपचारारत अवस्थाका अर्थात सक्रिय संक्रमितको संख्या ६ सय ४६ छ । जोखिममा रहेको जिल्लाहरूको सूचिमा रहेको काठमाडौँ उपत्यकामा मात्रै १३६ स्थानमा संक्रमण देखिएको छ ।

५ देखि ९ जनासम्म संक्रमित देखिएका स्थान २४ छ । यस्तै १० देखि १२ जना संक्रमि भएका स्थान ४ छ । काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालय, कालीमाटी, बागबजार र सामाखुसी क्षेत्रमा संक्रमित संख्या १० भन्दा बढी छ ।

यस्तै बालाजु, बाँसबारी र त्रिवि शिक्षण अस्पतालमा पनि ७/७ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, पुतलीसडक, सीतापाइला, बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्रमा  पनि संक्रमित पाइएका छन् ।

अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्रमा बसोबास गर्ने केही व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायतका स्थानका केही एकाध व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका अन्य ७० स्थानमा पनि पछिल्लो दुई सातामा कम्तिमा एक जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : ०७ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार