छोरीलाई जोताउने किसानलाई सोनुको सहयोग « Khabarhub

छोरीलाई जोताउने किसानलाई सोनुको सहयोग


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणका कारण विश्वको अर्थतन्त कृषि क्षेत्रमा समेत यसको असर देखा परेको छ ।

यहि बिचमा सामाजिक सञ्जालमा एक किसान र उनको परिवारको भिडियो भाइरल बनेको थियो । भिडियो यति हृदयविदारक थियो कि, किसानले आफ्नी दुई छोरीलाई गोरुको सट्टा जुवा बोकाएर खेत जोतिरहेका थिए ।

खासमा ती किसानको यो रहर भन्दा पनि बाध्यता थियो । अति विपन्न परिवारका किसानले रकमको अभावले गोरु किन्न सकेनन् । तसर्थ यसपटकको खेतीका लागी उनीसंग अर्को कुनै विकल्प थिएन । खेत बाझो राखे भोकले मरिने भन्दै उनले छोरीको सहयोगमा खेत जोत्न थाले । तर यहि भिडियो निकै भाइरल बन्यो ।

आन्ध्र प्रदेशका ती किसानलाई बलिउड अभिनेता सोनु सुदले सहयोग गरेका छन् । हुनत सोनुले सहयोग गरेको यो पहिलो होइन । उनले यसअघि हजारौ प्रवासीलाई घर पुर्‍याउन रातदिन करौडौं खर्चेर सहयोग गरेका छन् ।

सोनुले भिडियो हेर्नासाथ एक ट्विट गर्दै लेखेका थिए, भोलि बिहान यिनले दुई गोरुद्धारा खेत जोत्नेछन् । किसान भारतको गौरव हो । यी बच्चीलाई पढ्न दिउँ ।

सोनुको उक्त ट्विट रातारात सामाजिक सञ्जालमा भाइरल बन्यो । उनका फ्यानले उनलाई समस्याका भगवान मान्दै आएका छन् ।

सोनुको उक्त ट्विटमा अर्का एक ब्यक्तिले भारतमा माउन्टेनम्यानका नामले चिनिने दशरथ माँझीको परिवारको कमजोर आर्थिक अवस्थाबारे जानकारी गराउँदै सहयोगको अपिल गरेका थिए ।

जसमा सोनुले लेखे, आजबाट समस्या सकिन्छ । आजै हुन्छ भाइ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : १० बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६