छोरीलाई जोताउने किसानलाई सोनुको सहयोग « Khabarhub

छोरीलाई जोताउने किसानलाई सोनुको सहयोग


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणका कारण विश्वको अर्थतन्त कृषि क्षेत्रमा समेत यसको असर देखा परेको छ ।

यहि बिचमा सामाजिक सञ्जालमा एक किसान र उनको परिवारको भिडियो भाइरल बनेको थियो । भिडियो यति हृदयविदारक थियो कि, किसानले आफ्नी दुई छोरीलाई गोरुको सट्टा जुवा बोकाएर खेत जोतिरहेका थिए ।

खासमा ती किसानको यो रहर भन्दा पनि बाध्यता थियो । अति विपन्न परिवारका किसानले रकमको अभावले गोरु किन्न सकेनन् । तसर्थ यसपटकको खेतीका लागी उनीसंग अर्को कुनै विकल्प थिएन । खेत बाझो राखे भोकले मरिने भन्दै उनले छोरीको सहयोगमा खेत जोत्न थाले । तर यहि भिडियो निकै भाइरल बन्यो ।

आन्ध्र प्रदेशका ती किसानलाई बलिउड अभिनेता सोनु सुदले सहयोग गरेका छन् । हुनत सोनुले सहयोग गरेको यो पहिलो होइन । उनले यसअघि हजारौ प्रवासीलाई घर पुर्‍याउन रातदिन करौडौं खर्चेर सहयोग गरेका छन् ।

सोनुले भिडियो हेर्नासाथ एक ट्विट गर्दै लेखेका थिए, भोलि बिहान यिनले दुई गोरुद्धारा खेत जोत्नेछन् । किसान भारतको गौरव हो । यी बच्चीलाई पढ्न दिउँ ।

सोनुको उक्त ट्विट रातारात सामाजिक सञ्जालमा भाइरल बन्यो । उनका फ्यानले उनलाई समस्याका भगवान मान्दै आएका छन् ।

सोनुको उक्त ट्विटमा अर्का एक ब्यक्तिले भारतमा माउन्टेनम्यानका नामले चिनिने दशरथ माँझीको परिवारको कमजोर आर्थिक अवस्थाबारे जानकारी गराउँदै सहयोगको अपिल गरेका थिए ।

जसमा सोनुले लेखे, आजबाट समस्या सकिन्छ । आजै हुन्छ भाइ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : १० बजे

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा