कोरोना नियन्त्रणमा भएको खर्चको विवरण सार्वजनिक | Khabarhub Khabarhub

कोरोना नियन्त्रणमा भएको खर्चको विवरण सार्वजनिक


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाका स्थानीयतहहरुले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा भएका खर्चको विवरण सार्वजनिक गर्न थालेका छ ।

कोभिड–१९ नियन्त्रणको नाममा व्यापक आर्थिक अनियमितता भएको भन्दै टिकाटिप्पणी हुन थालेपछि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले ३ दिनभित्र खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा १७ स्थानीय तहमध्ये १२ तहले खर्च विवरण सार्वजनिक गरेका हुन् ।

खर्च विवरण सार्वजनिक गर्नेमा सिरहा नगरपालिकाले सबैभन्दा बढी ५ करोड ९० लाख ८६ हजार ४ सय ३० र सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्च गरेको देखिएको छ ।

गोलबजार नगरपालिकाले १ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ, कर्जन्हा नगरपालिकाले १ करोड ४८ लाख १५ हजार ८ सय १६ रुपैयाँ, धनगढीमाइ नगरपलिकाले ५५ लाख ९४ हजार ६ सय ३३ रुपैया र बिष्णुपुर गाउँपालिकाले ८८ लाख ६१ हजार ७ सय १० कोभिड नियन्त्रणमा खर्च गरेका छन् ।

त्यसैगरी, विवरणअनुसार लहान नगरपालिकाले १ करोड ९८ लाख ४० हजार ७८ रुपैयाँ, बरियारपट्टि गाउँपालिकाले १ करोड ५७ लाख २३ हजार ७ सय ६७ रुपैयाँ, नरहा गाउँपालीकाले ७३ लाख ५९ हजार २ सय ४९ रुपैयाँ, लक्ष्मीपुर पतारी गाउँपालिकाले ६९ लाख ६५ हजार ६ सय ९५ रुपैयाँ, मिर्चैया नगरपालिकाले १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ खर्च गरेका छन् भने औरहि गाउँपलिकाले २ करोड २० लाख ८० हजार ९ सय ३० कोभिड नियन्त्रणमा खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, स्वास्थ्यकर्मी भत्ता, सुरक्षाकर्मी र कर्मचारी भत्तामा खर्च भएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।

सोही क्रममा स्वास्थ्य कार्यालय सिरहाले ३० लाख ८६ हजार २ सय ८८ र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च बिबरण सार्वजनिक गरेका छ्न ।

खर्च विवरण सार्वजनिक नगर्नेमा कल्याणपुर नगरपालिका, सुखिपुर नगरपालिका, सखुवानन्कारकट्टि गाउँपालिका, भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिका रहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १ : ३५ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका