कोरोना नियन्त्रणमा भएको खर्चको विवरण सार्वजनिक « Khabarhub

कोरोना नियन्त्रणमा भएको खर्चको विवरण सार्वजनिक


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाका स्थानीयतहहरुले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा भएका खर्चको विवरण सार्वजनिक गर्न थालेका छ ।

कोभिड–१९ नियन्त्रणको नाममा व्यापक आर्थिक अनियमितता भएको भन्दै टिकाटिप्पणी हुन थालेपछि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले ३ दिनभित्र खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा १७ स्थानीय तहमध्ये १२ तहले खर्च विवरण सार्वजनिक गरेका हुन् ।

खर्च विवरण सार्वजनिक गर्नेमा सिरहा नगरपालिकाले सबैभन्दा बढी ५ करोड ९० लाख ८६ हजार ४ सय ३० र सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्च गरेको देखिएको छ ।

गोलबजार नगरपालिकाले १ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ, कर्जन्हा नगरपालिकाले १ करोड ४८ लाख १५ हजार ८ सय १६ रुपैयाँ, धनगढीमाइ नगरपलिकाले ५५ लाख ९४ हजार ६ सय ३३ रुपैया र बिष्णुपुर गाउँपालिकाले ८८ लाख ६१ हजार ७ सय १० कोभिड नियन्त्रणमा खर्च गरेका छन् ।

त्यसैगरी, विवरणअनुसार लहान नगरपालिकाले १ करोड ९८ लाख ४० हजार ७८ रुपैयाँ, बरियारपट्टि गाउँपालिकाले १ करोड ५७ लाख २३ हजार ७ सय ६७ रुपैयाँ, नरहा गाउँपालीकाले ७३ लाख ५९ हजार २ सय ४९ रुपैयाँ, लक्ष्मीपुर पतारी गाउँपालिकाले ६९ लाख ६५ हजार ६ सय ९५ रुपैयाँ, मिर्चैया नगरपालिकाले १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ खर्च गरेका छन् भने औरहि गाउँपलिकाले २ करोड २० लाख ८० हजार ९ सय ३० कोभिड नियन्त्रणमा खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, स्वास्थ्यकर्मी भत्ता, सुरक्षाकर्मी र कर्मचारी भत्तामा खर्च भएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।

सोही क्रममा स्वास्थ्य कार्यालय सिरहाले ३० लाख ८६ हजार २ सय ८८ र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च बिबरण सार्वजनिक गरेका छ्न ।

खर्च विवरण सार्वजनिक नगर्नेमा कल्याणपुर नगरपालिका, सुखिपुर नगरपालिका, सखुवानन्कारकट्टि गाउँपालिका, भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिका रहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १ : ३५ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन