गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण « Khabarhub

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा गरेको परीक्षणबाट संक्रमण पुष्टि भएका २४ जनामध्ये २२ जना कुनै ट्राभल हिस्ट्री नभएको पाइएको छ ।

बाहिर ननिस्किएकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि यसको संक्रमण समुदायमा फैलिएको प्रमाणित भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा १३ जना संक्रमित थपिएका छन् । उनीहरु सबै बागलुङ नगरपालिका–३ का पुरुष हुन् ।

स्याङ्जामा ७ जना संक्रमित थपिए । पुतलीबजारका ६ र कालीगण्डकीका एक जना छन् । कास्कीको पोखराका ३ र म्याग्दीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ६११ पुगेको छ । उनीहरुमध्ये एक हजार ४४३ जना निको भइसके ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ३ : ३० बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका