गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण « Khabarhub

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा गरेको परीक्षणबाट संक्रमण पुष्टि भएका २४ जनामध्ये २२ जना कुनै ट्राभल हिस्ट्री नभएको पाइएको छ ।

बाहिर ननिस्किएकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि यसको संक्रमण समुदायमा फैलिएको प्रमाणित भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा १३ जना संक्रमित थपिएका छन् । उनीहरु सबै बागलुङ नगरपालिका–३ का पुरुष हुन् ।

स्याङ्जामा ७ जना संक्रमित थपिए । पुतलीबजारका ६ र कालीगण्डकीका एक जना छन् । कास्कीको पोखराका ३ र म्याग्दीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ६११ पुगेको छ । उनीहरुमध्ये एक हजार ४४३ जना निको भइसके ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ३ : ३० बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ