कोरोनाको खोप बनेपनि ५० प्रतिशतका लागि मात्र काम गर्ने अनुमान « Khabarhub

कोरोनाको खोप बनेपनि ५० प्रतिशतका लागि मात्र काम गर्ने अनुमान


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोनाको खोप बनेपनि त्यसले ५० प्रतिशत हाराहारीमा मात्रै काम गर्ने बताएका छन्।

फाउची उनै हुन्, जसलाई ट्रम्प प्रशासनले ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्स सदस्यमा नियुक्त गरेको छ। तर, महामारी नियन्त्रणका लागि सजगता सुझाव दिँदा राष्ट्रपति डोनाल्ड ट्रम्प उल्टै फाउचीमाथि खनिने गरेका छन्।

कोरोना रोक्न सल्लाह दिने विशेषज्ञमाथि नै खनिए ट्रम्प खोप बनेपनि सार्वजनिक स्वास्थ्य सजगता अपनाइरहनुपर्ने डा. फाउचीले बताएका छन्। महामारी नियन्त्रणका लागि खोपमा मात्रै भर पर्न नसकिने उनको दावी छ।

उनले भनेका छन्, ‘अहिलेसम्म खोप कति प्रभावकारी हुन्छ भन्नेबारे केही थाहा छैन ।’ कोरोना भाइरसबाट अमेरिका सबैभन्दा नराम्ररी प्रभावित भएको छ। त्यहाँ हालसम्म ४९ लाख ४० हजार ९३९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये १ लाख ६१ हजार ३२८ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ३ : ५० बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका