काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १६ हजार ३१३ पुगेको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले शनिबारको नियमित लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेहरुको संख्या १६ हजार ३१३ पुगेको जानकारी दिएका हुन् ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।
कुन प्रदेशमा कति जनाले जिते कोरोना ?
प्रदेश नं. १ – ९४२
प्रदेश नं. २ – ३३२६
बाग्मती प्रदेश- ६००
गण्डकी प्रदेश- ११४१
प्रदेश नं. ५ – ४१७९
कर्णाली प्रदेश – १८८७
सुदूरपश्चिम प्रदेश- ३९३८
प्रतिक्रिया