चोकर्मा पोखरी फुटेको आशंका, खोला किनाराका स्थानीयलाई सतर्क रहन आग्रह | Khabarhub Khabarhub

चोकर्मा पोखरी फुटेको आशंका, खोला किनाराका स्थानीयलाई सतर्क रहन आग्रह


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशंका गरिएको छ ।

दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए ।

शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिँदै आएको थियो ।

दूधकुण्ड क्षेत्रमा रहेका फुछिरिङ शेर्पाले चोकर्म फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको हुनसक्ने बताए । सो पोखरी पूर्णरुपमा फुट्ने खतरा भने उच्च रहेको उनको भनाइ छ । पोखरीको अन्य वरिपरिको भाग चिराचिरा परिसकेको भन्दै नदी किनारका स्थानीयवासीले उच्च सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।

दूधकुण्ड क्षेत्रमा चौंरी गोठमा रहेका लाक्पा लामाका अनुसार चोकर्म पोखरी फुटेर आएको पानी चोतारे पोखरीमा आउँदा खोलामा पानीको बहाव कम भएको बताए ।  चोतारे पोखरी नभएको भए जनधनको क्षति हुनसक्ने उनको भनाइ छ ।उनले अझै पनि चोकर्म ताल फुटेर चोतारे पोखरीमा आउने सम्भावना बढी भएकाले आवश्यक सुरक्षा नीति अपनाउनुपर्ने बताए ।

सोलुखुम्बु प्रदेशसभा (ख) का सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मौसम खुलेको अवस्थामा आइतबार हेलिकोप्टरमार्फत स्थलगत अध्ययनमा जाने बताए ।

पोखरी फुटेको खबरले त्रास फैलिएको भन्दै वास्तविकता अध्ययन गरी थप तयारी गरिने उनको भनाइ छ । शुक्रबार पनि स्थलगत अध्ययन गर्ने योजना बनाए पनि मौसमका कारण असफल भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् ।

सल्लेरी सदरकामदेखि ३० कोष उत्तरपूर्व क्षेत्रमा पर्ने दूधकुण्ड क्षेत्र पुग्नका लागि दुई दिन लाग्छ । सोलु दूधकुण्ड नगरपालिका–१ मा पर्ने दूधकुण्ड क्षेत्रमा करिब दर्जन बढी साना–ठूला ताल रहेको बताइन्छ ।

ती तालको अवस्थाका बारेमा आधिकारिकरूपमा अध्ययन भने गरिएको छैन । सो उक्त ताल फुटेको खण्डमा सोलुखोलामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामा क्षति पुग्नुको साथै कम्तीमा तीन बस्ती नै विस्थापित हुने बताइएको छ । ती बस्तीका मानिसलाई सुरक्षित साथ बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बु प्रहरीले भने आधिकारिक पुष्टि गरेको छैन । स्थानीय भाषामा (चोकर्म) भनिने सेतो पोखरी फुटेको खबर प्राप्त भए पनि आधिकारिक पुष्टी हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दी चौहानले जानकारी दिए ।

सोलुखोलामा पानीको बहाव उच्च हुँदा जुनबेँसी क्षेत्रमा नदीको पानी बस्तीमा समेत प्रवेश गरेको छ । अहिले पानीको बहाव केही मात्रामा कम भए पनि जोखिम भने कायम रहेको स्थानीयवासी नाम्गेल शेर्पाले बताए ।

खोला किनारका स्थानीयवासीलाई समयमै सचेत नगराउने हो भने थप क्षति हुनसक्ने उनको भनाइ छ । सोलुखोलाको मुहान क्षेत्रमा पर्ने सहश्रवेणीमा रहेको एउटा चौंरीगोठ तथा तीनवटा काठे साँगुसमेत बगाएको भन्दै शेर्पाले क्षतिको विवरण सङ्कलनमा ढिला गर्न नहुने बताए । (रासस)

 

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ८ : ४३ बजे

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

काठमाडौं- गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।