रामको जन्मभूमि माडी नै हो, रामनवमीमा भव्य मेलाको तयारी गर्नूस् : प्रधानमन्त्री ओली « Khabarhub

रामको जन्मभूमि माडी नै हो, रामनवमीमा भव्य मेलाको तयारी गर्नूस् : प्रधानमन्त्री ओली


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दाबी गर्दै अयोध्याधाममा राम मन्दिर बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँगको भेटमा शनिबार प्रधानमन्त्री ओलीले  रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको बताउँदै त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार साविकको अयोध्यापूरीका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले शनिबार साँझ भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले त्यहाँका जनप्रतिनिधिलाई राम मन्दिर बनाउने तयारी शुरु गर्न पनि अनुरोध गरेका छन् ।

माडी नगरपालिकाको नाम नै परिवर्तन गरेर अयोध्यापुरी बनाउन पनि उनले बताएका छन् । उनले रामनवमीमा भव्य मेलाको तयारी गर्न सुझाव दिएको माडी नगरपालिकाले गठन गरेको अयोध्या खोज, अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलले बताए ।

उनले भने, ‘आउँदो रामनवमीमा बृहत् धार्मिक मेला गर्न तथा अर्को वर्षको रामनवमीमा राम–सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्न प्रधानमन्त्रीले सुझाव दिनुभएको छ ।’

उनले रामको जन्मभूमि नेपालमा पर्ने विषयलाई प्रवर्द्धन गर्न स्थानीयस्तरबाटै प्रयास थाल्न पनि निर्देशन दिएका छन्।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओलीले मदन जयन्तीको अवसरमा भगवान रामको जन्मभूमि नेपाल भएको र भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : १७ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा