साउदी अरबमा अलपत्र १२ सय नेपाली श्रमिक आन्दोलित « Khabarhub

साउदी अरबमा अलपत्र १२ सय नेपाली श्रमिक आन्दोलित

नेपाल सरकार र दूतावासविरुद्ध नाराबाजी



दोहा— रोजगारीको लागि विभिन्न समयमा साउदी अरब पुगेका करिब १२ सय नेपाली कामदार अलपत्र परेका छन् । अलपत्र पर्नेमा ९ सय पुरुष र ३ सय महिला रहेको जनाइएको छ ।

साउदी अरबको रियादस्थित समास्को सप्लाइ कम्पनीमा काम गर्ने कामदारहरूको करार अवधि सकिएको ७ महिना हुँदा पनि कम्पनीले चासो नदेखाएको र घर फर्किन पनि नपाएको पीडितहरूले बताएका छन् ।

आफूहरूको समस्याबारे रियादस्थित नेपाली दूतावासमा पुगेर सहयोग माग्दा सुनुवाइ नभएको ती नेपाली श्रमिकहरूको आरोप छ । उनीहरूले नेपाल सरकार तथा नेपाली दूतावासविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

भिसाको म्याद सकिएका करिब ६ सय जना नेपाली स्वदेश फर्किने दिनको पर्खाइमा छन् । अन्य श्रमिकहरू सप्लाइ कम्पनीले लिएको कन्ट्र्याक्टमा काम नभएपछि लामो समयदेखि कोठामै बसिरहेका छन् । काम गरिरहेकाहरूको पनि तलब कटौति भएको उनीहरूले बताएका छन् ।

घरबाट पैसा मगाएर स्वदेश फर्किन्छौँ भन्दा पनि नेपाल सरकारले उडानको व्यवस्था गर्न नसकेको र दूतावासले पनि चासो नदेखाएको उनीहरूको आरोप छ । आफूहरू ६ महिनादेखि कामविहीन रहेको उनीहरूको भनाइ छ ।

कम्पनीले चार्टर उडान गर्न दूतावाससँग समन्वय गरे पनि दूतावास र कम्पनीबीच तालमेल नमिल्दा पटकपटक उडान स्थागित हुँदै आएको छ ।

लामो समयसम्म कोठामा बस्दा धेरै साथीहरू डिप्रेसनको शिकार भएको र घर फर्किन नपाएका एक नेपालीले एक महिनाअघि आत्माहत्या गरेको एक नेपाली श्रमिकले बताए ।

नेपाली मजदुर एकता समाज साउदीले साउदी अरबमा अलपत्र हजारौँ नेपालीहरूले नेपाली दूतावास र नेपाल सरकार विरुद्ध नाराबाजी गरेको जनाएको छ । समाजले दूतावास र नेपाल सरकारलगायत सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी रहेको जनाएको छ ।

नेपाली मजदुर एकता समाजका एक प्रतिनिधिले उडानबारे नेपाल नेपाली दूतावास, मेनपावर कम्पनी तथा सम्बद्ध सरकारी निकायसँग जानकारी लिने प्रयास भइरहेको बताएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : २१ बजे

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका