भारतीय शोधकर्ताहरुले पत्ता लगाए कोरोना रोक्ने नयाँ तरिका ! « Khabarhub

भारतीय शोधकर्ताहरुले पत्ता लगाए कोरोना रोक्ने नयाँ तरिका !


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोरोना भाइरसको संक्रमण दर विश्वमै सबैभन्दा बढी देखिएका बेला भारतीय शोध कर्ताले कोरोना भाइरसको संक्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् ।

भारतको गुवाहाटीस्थित ईन्डियन ईन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का शोधकर्ता विद्यार्थीहरुले कोभिड– १९ को पहिचान र रोकथामका लागि नयाँ तरिका पत्ता लगाएको जनाएका हुन् ।

आईआईटीका विद्यार्थीहरुले कोरोना भाइरस र सरफेस स्पाइक प्रोटिनको बीचमा बायो इन्टरफेस इन्ट्र्याक्सन विधिद्वारा कोरोना भाइरसको पहिचान र रोकथाम गर्ने उपायको विकास गरेको दाबी गरेका हुन ।

रिसर्च स्कलर्सहरुको भनाई अनुसार कोभिड–१९ (SAARS Cov-2) इनर न्युक्लिक एसिडबाट बनेको हुन्छ । जसलाई सरफेस स्पाइक ग्लाइकोप्रोटिनले ढाकेको हुन्छ । रिसर्च स्कलर्सद्वारा तयार पारिएको सतह अर्थात लेयरलाई भाइरस पत्ता लगाउन र यसको संक्रमण रोक्न उपयोग गर्न सकिन्छ ।

बायोसाइन्स एण्ड बायो ईन्जिनियरिङ विभागका एसोसियट प्रोफेसर ललित एम पाण्डेयले भने, “कोरोना भाइरस संक्रमणको विश्वब्यापी महामारी जारी रहेको वर्तमान अवस्थामा यसको परीक्षणका लागि हामीले एण्टिबडीमा आधारित तरिका र आर टी पिसिआरमा आधारित तरिकाको प्रयोग गर्दै आइरहेका छौं । रिपोर्ट आउन लामो समय लाग्ने, मुल्य महंगो हुने, परीक्षण प्रकृया जटिल हुने र गलत रिपोर्टसमेत आउने जस्ता नकरात्मक पक्षहरु यस खाले परीक्षण विधिमा रहेका छन ।”

प्रोफेसर पाण्डेयले भने, “कोरोना भाइरसको सरफेस स्पाइक प्रोटिन र अहिले तयार पारिएको सतह अर्थात लेयरकाबीच ईन्टरफेस ईन्ट्र्याक्सनको प्रयोगबाट कोरोना भाइरसको परीक्षण छोटो समयमा गर्न सकिन्छ ।”

उनका अनुसार यो सतह अर्थात लेयरले छोटो समयमा कोरोना भाइरस संक्रमणको परीक्षण गर्न सकिन्छ भने यसबाट हुने संक्रमणलाई रोक्न पनि सकिन्छ ।

शोधकार्यका विद्यार्थीहरुले तयार पारेको सतह अर्थात लेयरलाई पीपीईमा लगाउन सकिने प्रोफेसर पाण्डेयलाई उद्धृत गर्दै एनडिटिभीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : २७ बजे

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे