निषेधाज्ञाबारे निर्णय लिन काठमाडौं उपत्यकाका सीडीओ छलफलमा « Khabarhub

निषेधाज्ञाबारे निर्णय लिन काठमाडौं उपत्यकाका सीडीओ छलफलमा


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा नियमित गर्ने या अन्य विकल्प खोज्ने विषयमा निर्णय लिन काठमाडौं उपत्यकाका तीन जना सीडीओले छलफल सुरु गरेका छन् ।

जारी निषेधाज्ञा भोली (बुधबार) राति सकिँदै गर्दा अब के गर्ने भन्ने विषयमा निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरुले भर्चुअल छलफल सुरु गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खबरहबसँग भने, ‘जारी निषेधाज्ञा के गर्ने भन्ने विषयमा अहिले हामीले विज्ञहरूसँग सुझाव लिने काम गरिरहेका छौं । त्यही सुझावका आधारमा हामी तीन जना नै बैठक बस्छौं र भोली सम्ममा निर्णय गर्छौं ।’

कोरोना भाइरस संक्रमितको सङ्ख्या बढेपछि सरकारले काठमाडौं उपत्यकामा गत भदौ तीन गते देखि निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १२ : २१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब