बैतडीमा स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार | Khabarhub Khabarhub

बैतडीमा स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा कोरोना भाइरस परीक्षका लागि स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि नै दुर्व्यवहार भएको छ ।

ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदका अनुसार जिल्लाको सिगास गाउँपालिका ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थकर्मी भुपेन्द्र बोहोरा माथि दुर्व्यवहार भएको हो ।

बोहोरा बल्लेखान स्वास्थ्य केन्द्रबाट वडा नम्बर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिँडेका थिए ।

स्थानीय भानसिंह बोहराले मदिरा पिएर आफूलाई दुर्व्यवहार गरेको र सम्झाउँदा हातपात गरेको पीडित भुपेन्द्र बोहोराले बताए ।

स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि अहिले स्वाब संकलन कार्य रोकिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १ : ४७ बजे

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी

सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया – सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा