रुपन्देहीका ५ वटा पालिकाका बालबालिकाले पाएनन् खोपसेवा « Khabarhub

रुपन्देहीका ५ वटा पालिकाका बालबालिकाले पाएनन् खोपसेवा



बुटवल— रुपन्देहीका पाँचवटा स्थानीय तहले संघीय र प्रदेश सरकारका निर्णय उल्लंघन गरी बालबालिकाको खोपसेवा भदौभर बन्द गरेका छन् ।

संघीय सरकार र प्रदेश सरकारले बालबालिकालाई खोप लगाउने कामलाई निरन्तरता दिन सबै स्थानीय तहलाई परिपत्र गरेको थियो ।

सरकारको परिपत्र बेवास्ता गर्दै रुपन्देहीका तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, ओमशतिया गाउँपालिका र रोहणी गाउँपालिकाले खोप सेवा बन्द गरेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ती पालिकालाई खोपसेवा नरोक्न आग्रह गरेको गरेको भए पनि उनीहरूले बन्द गरेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा पाँचवटा पाकिकाले जिल्लाको अनुरोध बेवास्ता गरेको बताए ।

शर्माले भने, ‘हामीले पटक पटक भनेका छौँ खोप नरोकौँ, सुरक्षित तरिकाले खोपसेवा चालु राखौँ तर सुन्नुभएन ।’ नियमित खोप रोक्न नहुने उनले बताए ।

अभिभावकले खोप नलगाई नहुने बालबालिकालाई बुटवल ल्याउने गरेका छन् । यातायात नचेलेको अवस्थामा खोपका लागि बुटवल आउनुपर्दा कठिन भएको अभिभावकहरूको गुनासो छ ।

तिलोत्तमा नगरपालिकाका स्वास्थ्य संयोजक मोती पौडेलले कोरोना संक्रमण समुदायमा फैलिएका कारण नियमित खोप एक महिना रोकेको बताए । नगरपालिकामा कुनै स्वास्थ्यकर्मीलाई कोरोना संक्रण नदेखिएको उनको भनाइ छ । उनका अनुसार तिलोत्तमामा खोप लगाउने बालबालिका ९ हजार ६७५ जना छन् ।

पौडेलले कोरोना संक्रमण देखिएपछि गत वैशाखमा एक महिना र यो भदौमा एक महिना नियमित खोप रोकेको बताए । सैनामैनामा पनि समुदायस्तरमा कोरोना संक्रण फैलिएपछि नियमित खोप रोकेको सैैनामैना नगरपालिका स्वाथ्य संयोजक हेमराज पन्थीले बताए ।

उनका अनुसार सैनामैनजामा ४ हजार २ सय बालबालिका खोप लगाउने उमेरका छन् । सैनामैना नगरपालिकाका स्वास्थ्य संस्थामा ४२ जना स्वास्थ्यकर्मी कार्यरत रहेको संयोजक पन्थीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप महाशाखा प्रमुख डा. झलक शर्माले कुनै पनि पालिकाले खोपसेवा रोक्न नहुने बताए । उनले भने, ‘हामीले खोप लगाउने मापदण्ड बनाएका छौँ, त्यही आधारमा खोप लगाउने हो । कोरोना कहिलेसम्म रहन्छ, कसैलाई थाहा छैन । खोप रोक्न र बालबालिकाको अधिकार हनन गर्न मिल्दैन ।’

डा. शर्माले खोप लगाउने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिए वैकल्पिक व्यवस्था गरेर नियमित खोप दिनुपर्ने बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ६ : ५८ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन