बुटवलमा बेसहाराको उद्धार तथा निशुल्क पीसीआर परीक्षण | Khabarhub Khabarhub

बुटवलमा बेसहाराको उद्धार तथा निशुल्क पीसीआर परीक्षण


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिदै जान थालेपछि बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसहारा सहयोगापेक्षीको स्वास्थ्य सुरक्षा कार्यक्रम शुरु गरेको छ ।

उपमहानगरपालिकाले सहयोगापेक्षीको सडकबाट उद्धार गरी निःशुल्क पीसीआर परीक्षण थालेको हो । बुटवललाई सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । घोषणा गरेयता सडकमा फेलापर्ने कुनैपनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिंदै आएको छ ।

आफन्तविहीन भएर सडकमा बेवारिसे जीवन बिताएका बेसहारालाई कोरोना सङ्क्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उद्देश्यले पिसिआर परीक्षण शुरु गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

लकडाउनका अवधिमा उपमहानगरपालिकाले २८ बेसहाराको उद्धार गरी बुटवलस्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले बताए ।

प्रमुख सुवेदीका अनुसार बुटवलभित्र कोही पनि अशक्त र रोगी कोरोनाको जोखिममा नपरुन् भन्ने उद्देश्यले सडकमा बेसहारा भएकाको उद्धार र पीसीआर परीक्षण गरिएको हो । आठ जनाको स्वाब सङ्कलन गरी प्रयोगशालामा पठाइएको र रिर्पोट नआउन्जेल छुट्टै आइसोलेशनमा राखिएको छ ।

उनीहरूमा त्यस्तो कुनै लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । पीपीईलगायतका उद्धारकर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन् ।

कोरोनाका कारण एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पर्क समेत गर्न नसकेको अवस्थामा उपमहानगरले भने सडकमा बेसहारा भएर जीवन बिताएकालाई नगर प्रहरीमार्फत उद्धार गरी मानव सेवा आश्रममा राख्ने गरेको छ ।

उपमहानगरले सहयोगापेक्षीको उद्धार र व्यवस्थापनमा सहयोग गरेको मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले जानकारी दिए ।

उन अनुसार बुटवल क्षेत्रबाट लकडाउनमा २८ र प्रदेश ५ बाट ४५ जनाको उद्धार गरिएको छ । उपमहानगरले कोरोनाबाट नागरिक बचाउने गरी पीसीआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताइन ।

उनले लैंगिक हिंसामुक्त नगरको कार्ययोजनाअनुरुपका पनि काम भइरहेको बताइन् ।

मिर्गौलाको डायलायसिस गराउनुपर्ने र क्यान्सर रोगीको निःशुल्क पिसिआर परीक्षण गरिएको छ जसलाई यहाँका अरु पालिकाले पनि अनुसरण गरेका छन् ।

उपमहानगरले सडकमा बेसहारा भएकाको पीसीआर परीक्षण गरेर अर्को नमूना काम गरेको भन्दै धेरैतिरबाट प्रशंसा भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १० : ०६ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा