बुटवलमा बेसहाराको उद्धार तथा निशुल्क पीसीआर परीक्षण « Khabarhub

बुटवलमा बेसहाराको उद्धार तथा निशुल्क पीसीआर परीक्षण


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिदै जान थालेपछि बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसहारा सहयोगापेक्षीको स्वास्थ्य सुरक्षा कार्यक्रम शुरु गरेको छ ।

उपमहानगरपालिकाले सहयोगापेक्षीको सडकबाट उद्धार गरी निःशुल्क पीसीआर परीक्षण थालेको हो । बुटवललाई सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । घोषणा गरेयता सडकमा फेलापर्ने कुनैपनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिंदै आएको छ ।

आफन्तविहीन भएर सडकमा बेवारिसे जीवन बिताएका बेसहारालाई कोरोना सङ्क्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उद्देश्यले पिसिआर परीक्षण शुरु गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

लकडाउनका अवधिमा उपमहानगरपालिकाले २८ बेसहाराको उद्धार गरी बुटवलस्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले बताए ।

प्रमुख सुवेदीका अनुसार बुटवलभित्र कोही पनि अशक्त र रोगी कोरोनाको जोखिममा नपरुन् भन्ने उद्देश्यले सडकमा बेसहारा भएकाको उद्धार र पीसीआर परीक्षण गरिएको हो । आठ जनाको स्वाब सङ्कलन गरी प्रयोगशालामा पठाइएको र रिर्पोट नआउन्जेल छुट्टै आइसोलेशनमा राखिएको छ ।

उनीहरूमा त्यस्तो कुनै लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । पीपीईलगायतका उद्धारकर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन् ।

कोरोनाका कारण एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पर्क समेत गर्न नसकेको अवस्थामा उपमहानगरले भने सडकमा बेसहारा भएर जीवन बिताएकालाई नगर प्रहरीमार्फत उद्धार गरी मानव सेवा आश्रममा राख्ने गरेको छ ।

उपमहानगरले सहयोगापेक्षीको उद्धार र व्यवस्थापनमा सहयोग गरेको मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले जानकारी दिए ।

उन अनुसार बुटवल क्षेत्रबाट लकडाउनमा २८ र प्रदेश ५ बाट ४५ जनाको उद्धार गरिएको छ । उपमहानगरले कोरोनाबाट नागरिक बचाउने गरी पीसीआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताइन ।

उनले लैंगिक हिंसामुक्त नगरको कार्ययोजनाअनुरुपका पनि काम भइरहेको बताइन् ।

मिर्गौलाको डायलायसिस गराउनुपर्ने र क्यान्सर रोगीको निःशुल्क पिसिआर परीक्षण गरिएको छ जसलाई यहाँका अरु पालिकाले पनि अनुसरण गरेका छन् ।

उपमहानगरले सडकमा बेसहारा भएकाको पीसीआर परीक्षण गरेर अर्को नमूना काम गरेको भन्दै धेरैतिरबाट प्रशंसा भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १० : ०६ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन