स्वस्थ हुन आजैदेखि चलाउनुहोस साइकल « Khabarhub

स्वस्थ हुन आजैदेखि चलाउनुहोस साइकल


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल नेपालका गाउँ बाहेक शहरमा पनि साइकल चलाउनेको संख्या बढ्न थालेको छ । गाउँमा कामका लागी साइकल अत्यावश्यक हो भने शहरमा भने स्वास्थ बन्न साइकल चलाउछन् ।

यसले मानिसको स्वास्थ्यमा धेरै फाइदा र्पुयाउँछ । विकसित मुलुकका मानिस अफिस आउजाउमा साइकल नै रोज्छन् । साइकल चलाउने उमेर चाहिदैन । स्वास्थ्य विज्ञका अनुसार अन्य व्यक्तिको तुलनामा दैनिक ३० मिनेटभन्दा बढि साइकल चलाउने व्यक्ति स्वस्थ हुन्छन् ।

साइकल चलाउँदा हुने फाइदा
१. मोटोपना
दैनिक ३० मिनेटभन्दा बढि साइकल चलाउँदा हजारभन्दा बढि क्यालोरी खपत हुने भएकाले मोटोपन घट्छ ।

२. रक्तचाप
नियमित साइकल चलाउँदा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । रगतमा अक्सिजनको मात्रा बढाउन मद्दत गर्दछ । रक्तचाप पनि नियन्त्रण गर्छ ।

३. मांसपेशी
सबैभन्दा सजिलो र बढि फाइदाजनक ब्यायाममा नै साइक्लिङ हो । नियमित साइक्लिङ गर्दा मांसपेशीहरु बलियो हुनुका साथै ढाड र गर्धनको दुखाईबाट राहत मिल्दछ ।

४. क्यान्सर
झट्ट सुन्दा पत्यार नलागे पनि साइकल चलाउनेमा स्तन र मलद्वार क्यान्सरको जोखिम कम हुन्छ । नियमित साइकल चलाउने ब्यक्तिमा क्यान्सर नियन्त्रित रहन्छ ।

५. मधुमेह
शारीरिक व्यायमको कमीले मधुमेह हुने गर्दछ । त्यसैले नियमित ३० मिनेट साइक्लिङ गर्ने व्यक्तिमा ४० प्रतिशतसम्म मधुमेह हुने खतरा कम हुन्छ ।

६. मानसिक रोग
तनाव, चिन्ता, डिप्रेसन, उदासिनतालगायतका मानसिक रोगमा समेत साइक्लिङ उपयोगी हुन्छ । नियमित साइकल चलाउँदा रमाइलो हुने र मानसिक तनावबाट मुक्ति मिल्छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १० : २५ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट