मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई संक्रमण « Khabarhub

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई संक्रमण


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एक जनालाई कोरोना संक्रमण भएको छ ।

मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ ।

परिवारको सदस्यलाई संक्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बसेको र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बुझिएको छ ।

सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र अहिले आफू होम आइसोलेसनमा रहेको काफ्लेले बताइन् ।

सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०/१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताए । काफ्लेलाई संक्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ ।

‘मुख्यमन्त्री ज्यू विगतदेखिनै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आउनुभएको छ त्यो निरन्तर रहन्छ”, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भने । भेटघाटलाई भने न्यून पारिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १० : २५ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम