काठमाडौं उपत्यकामा मात्र ८२ जना आइसीयुमा, २७ को भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

काठमाडौं उपत्यकामा मात्र ८२ जना आइसीयुमा, २७ को भेन्टिलेटरमा उपचार हुँदै


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा मात्र ८२ जना आइसीयु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १८१ वटा आइसीयु वेड रहेकोमा बिहीबारसम्म ८२ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको जानकारी दिए ।

यस्तै उपत्यकामा ७६ वटा भेन्टिलेटर रहेकोमा २७ जना भेन्टिलेटरमा उपचारत भएको डा गौतमको भनाइ छ ।

डा गौमतले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च भएकाले अत्यवश्यक काम नपरी घर बाहिर ननिस्कन पनि आग्रह गरे । उनले कोभिड अस्पतालहरुलाई पूर्ण तयारी अवस्थामा राखिएको र आकस्मिक उपचारको लागि २४ घण्टा नै सेवा उपलब्ध गराइएको जानकारी दिए ।

डा गौतमलले लक्षण बिहीन तथा सामान्य लक्षण भएका संक्रमितहरुलाई स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी घरमै आइसोलेसनमा बस्न पनि आग्रह गरे ।

उनले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नम्वार ११३३ मा सम्पर्क गर्न पनि आग्रह गरे । उनले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको स्वास्थ्यमा समस्या आएमा तुरुन्तै अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरे ।

डा गौतमलले कोरोना संक्रमणबाट जोगिन चाडपर्वको समयमा सम्भव भएसम्म अनलाइन सेवाबाट आवश्यक सामाग्री खरिद गर्न, सामाग्री खरिद गर्न घर बाहिर निस्किनु परेमा अनिवार्य रुपमा मास्कको उचित प्रयोग गर्न, सकेसम्म दैनिक उपभोग्य सामानहरु नजिककैको पसलबाट खरिद गर्न,भिड नभएको समयमा गएर सामान खरिद गर्न, पसलमै गएमा सामाग्री किन्दा भौतिक दुरी कायम गर्न, सामान किन्नु अघि र किनेर घर फर्किएपछि साबुनपानीले हात धुन, सम्भव भएसम्म दैनिक उपभोग्य सामाग्रीहरु एकसताका लागि सम्म पुग्ने गरी खरिद गर्न पनि आग्रह गरे ।

कोरोना संक्रमणबाट बच्न सिधै पैसाको कारोबार भन्दापनि विद्युतिय वा कार्डको माध्यमबाट भुक्तानी गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ६ : ०२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र