नेपाल र साइप्रसबीच सुमधुर कुटनीतिक सम्बन्ध छ : सभामुख सापकोटा « Khabarhub

नेपाल र साइप्रसबीच सुमधुर कुटनीतिक सम्बन्ध छ : सभामुख सापकोटा


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्ष पूरा भएको अवसरमा सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधिसभाका अध्यक्ष डेमेट्रिस सिलौरिसबीच शुभकामना आदान-प्रदान भएको छ ।

उनीहरुबीच आज भएको टेलिफोन सम्वादका क्रममा सभामुख सापकोटाले कुटनीतिक सम्बन्धको ४० औं वर्षगाँठका अवसरमा साइप्रसका समकक्षीलाई बधाई ज्ञापन गर्दै दुई देशबीच आपसी विश्वासका आधारमा सुमधुर कुटनीतिक सम्बन्ध रहेको बताए ।

उनले साइप्रसले युरोपियन युनियनको सदस्यका रुपमा विश्व मानचित्रमा महत्वपूर्ण उपस्थिति जनाएको उल्लेख गरेको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख सापकोटाले साइप्रसमा १० हजारभन्दा बढी नेपाली कामदार पुगिसकेको सम्बन्धमा सरकार–सरकारबीच समन्वय गरेर नेपाली कामदार पठाउँदा व्यवस्थापनमा सहज हुने धारणा राखे ।

उनले साइप्रसले नेपाली विद्यार्थीलाई अध्ययनको अवसर सिर्जना गरेको र कोभिड–१९ का महामारीकाबीचमा पनि साइप्रसमा रहेका नेपालीलाई सहयोग र संरक्षण प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था हुने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले नेपालको सङ्घीय संसद् र साइप्रसको संसद्बीच संसदीय मैत्री समूह गठनका लागि प्रस्ताव राखे ।

विश्व समुदाय कोभिड–१९ महाव्याधिको चुनौतीसँग लडिरहेको उल्लेख गर्दै उनले यसका कारण दुई देशबीचका उच्चस्तरीय भ्रमण समेत प्रभावित भएको बताए ।

सभामुख सापकोटाले अवस्था सहज भएपछि अध्यक्ष सिलौरिसको नेपाल भ्रमण हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा साइप्रसको प्रतिनिधिसभाका अध्यक्ष सिलौरिसले दुई देशबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कोभिड–१९ का कारण सगरमाथा सम्वादका लागि आफ्नो निर्धारित नेपाल भ्रमण रोकिएको स्मरण गरे ।

उनले काम र अध्ययनका सिलसिलामा १० हजारभन्दा बढी नेपाली साइप्रसमा रहेको जानकारी गराउँदै नेपालबाट औपचारिक पत्र प्राप्त भएपछि सरकार–सरकारबीच समन्वयका आधारमा कामदार लैजाने प्रक्रिया अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष सिलौरिसले संसदीय मैत्री समूह गठनको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै संसदीय समूह गठन प्रक्रिया आरम्भ गर्ने बताएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ६ : ५४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग