प्रधानमन्त्रीज्यू मन्त्रीमण्डल भागबन्डाबारे होइन, कोरोना संकटबारे सोच्नुस् : नेता थापा | Khabarhub Khabarhub

प्रधानमन्त्रीज्यू मन्त्रीमण्डल भागबन्डाबारे होइन, कोरोना संकटबारे सोच्नुस् : नेता थापा


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य शैलीका कारण नेपालमा कोरोना महामारी थप जटिल अवस्थामा पुगेको आरोप लगाएका छन् ।

कोरोनाका नयाँ संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्न र सघन उपचारका लागि कहीँ बेड उपलब्ध नभएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले समयमै नसोचेको आरोप लगाएका हुन् ।

सामाजिक संजाल फेसबुकमा थापाले लेखेका छन्-

एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ।अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ।केही समस्या भइहाले के गर्ने,सवैमा अलमल छ।

यो अवस्था आउन नदिन पूर्व तयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटक पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन।समय,स्रोत,सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौँ। टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ।

योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन।अहिले मन्त्रीमण्डल भागबन्डाबारे हाेइन,संकटबारे छलफल गर्नुस्।बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन,वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस्।काेभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छाैं तर केही त गर्नुस् प्रमज्यू!

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ७ : २० बजे

प्रिय जेनजी, अब आगो निभाउने काममा लाग्नुहोस् : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब

आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने

काठमाडौं – हाल देशभर मनसुनको प्रभाव सामान्य रहेको छ। मनसुनको

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको