‘बोक्सी’को आरोपमा महिलामाथि कुटपिट गर्ने फरार अभियुक्त पक्राउ « Khabarhub

‘बोक्सी’को आरोपमा महिलामाथि कुटपिट गर्ने फरार अभियुक्त पक्राउ


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- ‘बोक्सी’को आरोपमा महिलामाथि निर्घात कुटपिट गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको नवराज गाउँपालिका–५ का २० वर्षीय सन्तोष यादव रहेको प्रहरीले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रनजिक सिरहाको ठाडीमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए ।

गत भदौ २७ गते नवराजपुर गाउँपालिका–५ का मूर्तिदेवी यादवलाई राति ११ बजे घरबाट बोलाएर बोक्सीको आरोपमा आठ जनाको समूहले कुटपिट गरेका थिए ।

पीडित महिलाका पति रामनारायण यादवले स्थानीयवासी कृष्ण यादव, धर्मनाथ यादव र सन्तोष यादवलगायत आठ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीपछि प्रहरीले बोक्सी कसुरअन्तर्गत मुद्दा दायर गरी घटनामा संलग्नहरुको खोजी गर्ने क्रममा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १० : ०१ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा