बार्यनको अपराजित यात्रा कायमै, डर्टमण्ड पराजित « Khabarhub

बार्यनको अपराजित यात्रा कायमै, डर्टमण्ड पराजित


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको मैदानमा बायर्नलाई जित दिलाउन डेभिड अल्बा, रोबर्ट लेवान्डोस्की र लोरी सानेले एक एक गोल गरे ।

डर्टमण्डका मार्को रिउस र अर्लिङ हालाण्डले एक/एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने डर्टमण्डले बनाएको थियो । २४औं मिनेटमा लेवान्डोस्कीले गोल गरे पनि अफसाइड भयो । ४५औं मिनेटमा रिउसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

तर, पहिलो हाफको इन्जुरी समयमा बायर्नका अल्बाले गोल गरेपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो ।

दोस्रो हाफको सुरूवातमै अर्थात् ४८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।

८०औं मिनेटमा सानेले गोल गर्दा बायर्नको अग्रता ३-१ को बन्यो ।

खेलको ८३औं मिनेटमा हालाण्डले एक गोल फर्काए । तर, त्यसपछि गोल हुने सकेन र अन्ततः बायर्नले खेल ३-२ ले जित्यो ।

जितसँगै बायर्नले शीर्ष स्थान यथावत राखेको छ । बायर्नले ७ खेलमा ६ जित र एक बराबरीसहित १८ अंक जोडेको छ । डर्टमण्ड ७ खेलमा १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ५ : ५३ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न