पहिलो टी-ट्वान्टीमा पाकिस्तान विजयी, जिम्बावे ६ विकेटले पराजित « Khabarhub

पहिलो टी-ट्वान्टीमा पाकिस्तान विजयी, जिम्बावे ६ विकेटले पराजित


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जिम्बावेविरुद्ध तीन खेलको सिरिजमा पाकिस्तानले विजयी सुरूवात गरेको छ ।

पाकिस्तानले पहिलो टी-ट्वान्टीमा जिम्बावेलाई ६ विकेटले हराउँदै विजयी सुरूवात गरेको हो ।

रावलपिन्डीमा शनिबार भएको पहिलो खेलमा घरेलु टोली पाकिस्तानले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो ।

जिम्बावेले दिएको १ सय ५७ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ८२ रनको अर्धशतकीय इनिङ्स खेले ।

मोहमद हाफिजले ३६ रन जोड्दा फकर जमानले १९ रन जोडे । जिम्बावेका ब्लिसीङ मुजराबानीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

जिम्बावेका वेस्ली माधिभेरेले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले ।

सिन विलियम्सले २५ रन जोड्दा इल्टन चीगुमबुराले २१ र ब्रेन्डन टेलरले २० रन बनाए । पाकिस्तानका वाहब रियाज र हरिस राउफले २-२ विकेट लिए ।

जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : ०८ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल