सेफिल्ड युनाइटेडविरूद्ध चेल्सीको फराकिलो जित « Khabarhub

सेफिल्ड युनाइटेडविरूद्ध चेल्सीको फराकिलो जित


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ ।

स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नेरले एक एक गोल गरे ।

सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए ।

नवौं मिनेटमा डेभिडले गोल गर्दै सेफिल्डलाई १-० को अग्रता दिलाएको खेलमा चेल्सीले पुनरागमन गर्दै फराकिलो जित आत्मसात गरेको हो ।

२३औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।

३४औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए । ७७औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीको अग्रता ३-१ को बनाए । ८०औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीलाई ४-१ को सहज जित दिलाए ।

जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले ८ खेलमा १५ अंक जोडेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : २५ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल