विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो, एकैदिन ६ लाखमा संक्रमण « Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो, एकैदिन ६ लाखमा संक्रमण


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ५ हजार २२४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर ५ करोड २ लाख ५४ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख ६ हजार ६२३ जना संक्रमित युरोपका मात्रै छन् ।

अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ३४६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ५६ हजार ११४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७९ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५५ लाख ५१ हजार ४६ हजार ४७ पुगेको छ ।

उपचार गराइरहेका १ करोड ३४ लाख ५२ हजार १२६ मध्ये ९१ हजार ७७८ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : ४९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर