जुत्ता लगाउन नजान्दा पनि बिग्रिन्छ भाग्य – ज्योतिष शास्त्र « Khabarhub

जुत्ता लगाउन नजान्दा पनि बिग्रिन्छ भाग्य – ज्योतिष शास्त्र


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुत्ता उल्टो भयो या घोप्टियो भने ज्योतिष शास्त्रले त्यसलाई ठीक मान्दैन ।

देख्ने वित्तिकै त्यसलाई सुल्टो (सीधा) पल्टाउनुपर्छ । बाटो तथा आँगन अगाडि उल्टो जुत्ता देखियो भने साइत बिग्रिन्छ भन्ने मान्यता अहिले पनि छ ।

ज्योतिष शास्त्रका अनुसार मानव जीवनसँग सम्बन्धित हरेक चीज कुनै न कुनै ग्रहसँग जोडिएका हुन्छन् ।  हाम्रा जुत्ता पनि जीवनको सकारात्मक वा नकारात्मक पक्षसँग जोडिन्छन् ।

ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनी ग्रहसँग हुन्छ । यसकारण यो पनि मान्यता छ कि जसलाई शनीको दशा लागेको हुन्छ उनीहरुले जुत्ता दान गर्नु पर्ने हुन्छ ।

जुत्ता कसरी राख्ने ?

वास्तु शास्त्रका अनुसार तपाईले आफ्नो घरमा जुत्ता तथा जुत्ता राख्ने र्याक उत्तर–पूर्व दिशामा राख्नु हुँदैन । यस्तो यसकारण कि यही दिशाबाटै घरमा सूर्यको किरण प्रवेश गर्छ । यस्तो अवस्थामा तपाईको जुताले घरमा प्रवेश गर्ने सकरात्मक उर्जामा बाधा पुर्याउन सक्छ ।

यस्ता जुत्ता नलगाउनोस्

शास्त्रीय मान्यता छ कि कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुत्ता लगाउनु हुँदैन । यसले भाग्यसँग तपाईंको मिलनलाई बन्द गरिदिन्छ । व्यक्तिगत करियरका लागि पनि उपहारमा मिलेका जुत्ता लगाउनु राम्रो मानिदैन ।

कसले कस्तो जुत्ता लगाउने ?

यदि तपाईं बैंकिङ या शिक्षा क्षेत्रमा काम गर्नु हुन्छ भने तपाईंले खैरो र गाढा पहेँलो रंगको जुत्ता लगाउनु राम्रो हुँदैन । यसले तपाईंको आम्दानीमा नराम्रो असर पर्न सक्छ । यो क्षेत्रका काम गर्ने व्यक्तिले निलो रंगका जुत्ता लगाउन सक्नुहुन्छ । यसले तपाईको व्यक्तित्व र करियरमा राम्रो प्रभाव पर्नेछ ।

यदि तपाई चिकित्सा (मेडिकल) र फलामसँग जोडिएको क्षेत्रमा काम गर्नुहुन्छ भने सेतो रंगका जुत्ता कहिल्यै नलगाउनुहोस् । यसले आर्थिक क्षति हुन्छ । यो क्षेत्रमा काम गर्ने व्यक्तिले कालो रंगको जुत्ता लगाउँदा धेरै राम्रो हुन्छ । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : ०४ बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने