सलमान र शाहरुख एउटै फिल्ममा ? « Khabarhub

सलमान र शाहरुख एउटै फिल्ममा ?


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा यस्ता स्टार छन्, जसलाई दर्शकले एउटै पर्दामा देख्न चाहन्छन् । त्यो लिस्टमा सलमान खान र शाहरुख खानको नाम पनि सामेल छ ।

आज पनि दर्शकले सलमान र शाहरुखलाई एउटै फिल्ममा हेर्न चाहन्छन् ।

कैयन् वर्षदेखि सलमान र शाहरुख एउटै फिल्ममा देखिएका छैनन् । अब भने यी दुईलाई एउटै फिल्ममा देख्न सकिने सम्भावना बढेर गएको छ ।

शाहरुख खानले त लामो समयदेखि फिल्ममा काम गरेका पनि छैनन् । उनले सन् २०१८ मा रिलिज भएको ‘जिरो’ फिल्मपछि काम गरेका छैनन् ।

शाहरुखले अन्य कैयन् प्रोजेक्ट पनि रिजेक्ट गरेका छन् ।

हालै खबर आएको छ कि, शाहरुख खान र सलमान खानले एकसाथ फिल्म्मा काम गर्न लागेका छन् । तर, यसबारेमा आधिकारिक जानकारी भने अझै आएको छैन ।

मुम्बई मिररको एक रिपोर्टअनुसार सलमान खान र शाहरुख खानले एकसाथ फिल्म ‘पठान’ मा काम गर्दैछन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहने जनाइएको छ ।

यसअघि सलमान र शाहरुखलाई फिल्म कुछ कुछ होता है, ओम शान्ति ओम लगायतका फिल्ममा एकसाथ देखिएको थियो । यस्तै सलमान खानको ट्युबलाइट मा पनि शाहरुख खानको सानो भूमिका थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  २ : ४८ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल