सचिवालय बैठकको मागपछि प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता « Khabarhub

सचिवालय बैठकको मागपछि प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता जारी छ ।

नेकपाभित्रको अन्तर्विरोध चुलिँदै जाँदा प्रधानमन्त्री ओली र नेता नेपालबीच आइतवार दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको थियो । नेपालसँगै नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्त पनि बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले नेपाललाई प्रधानमन्त्रीले छलफल गर्न चाहेको बताएको थियो । त्यसपछि नेपाल आफूनिकट सदस्यका साथ बालुवाटार पुगेका हुन् ।

स्रोतका अनुसार ओली र नेपालबीच दिउँसो १ बजेदेखि नै छलफल जारी छ ।

शनिवार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच सदस्यले शनिवार प्रधानमन्त्रीलाई भेटेर सचिवालयको बैठक बोलाउन माग गरेका थिए ।

त्यसको भोलिपल्ट ओलीले नेपाललाई भेट्न बोलाएका हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ३ : २७ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय