साताको पहिलो दिन नेप्से दोहोरो अंकले वृद्धि | Khabarhub Khabarhub

साताको पहिलो दिन नेप्से दोहोरो अंकले वृद्धि


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आइतवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।

यस दिन १२ दशमलव ४९ अंक बढेर नेप्से परिसूचक १ हजार ६४८ दशमलव ५९ विन्दुमा पुगेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीवार ४ दशमलव ४७ अंक घटेर १ हजार ६३६ दशमलव १७ विन्दुमा बन्द भएको बजार आइतवार भने १ हजार ६४३ दशमलव २९ विन्दुदेखि खुलेको हो । यो दिन बजार १ हजार ६३७ दशमलव ८० विन्दुसम्म झरेको थियो ।

आइतवार १९८ ओटा कम्पनीको ४१ हजार ७६७ पटकको व्यापारमा रू. ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार बराबरको १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता शेयर कारोबार भएको छ । आइतवार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकमको शेयर कारोबार भएको छ ।

उक्त कम्पनीको रू. २५ करोड ९२ लाख २ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २६ ले बढेर रू. ८९४ पुगेको छ । यो दिन उक्त कम्पनीको अधिकतम रू. ९०५ र न्यूनतम रू. ८५८ मा शेयर कारोबार भएको छ । आइतवार उक्त कम्पनीको २ लाख ९१ हजार ३२३ कित्ता शेयर कारोबार भएको छ ।बढेको बजारमा आइतवार ५० ओटा कम्पनीको शेयरमूल्य घटेको छ ।

यी मध्ये पनि नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ३ दशमलव ५७ प्रतिशतले घटेर अन्तिम मूल्य रू. २७० मा पुगेको छ ।

यो दिन छ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि देखिएको छ । हिमालयन डिष्टिलरीको ९ दशमलव ९७ प्रतिशत, साल्ट ट्रेडिङ कर्पोरेशनको ९ दशमलव ९५ प्रतिशत, दिव्यश्वरी हाइड्रोको ९ दशमलव ९२ प्रतिशत, मिथिला लघुवित्तको ९ दशमलव ९० प्रतिशत , युनिभर्सल पावर कम्पनीको ९ दशमलव ८६ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ८४ प्रतिशतले शेयरमूल्य बढेको हो ।

आइतवारको कारोबारमा १२ ओटा समुहमध्ये बैंकिङ समुह शून्य दशमलव शून्य ९ प्रतिशतले र विकास बैंक शून्य दशमलव ३२ प्रतिशतले घटेको छ । बाँकी सबै समुहको परिसूचक बढेको छ ।

यो दिन सर्वाधिक व्यापारिक समुहको परिसूचक ८ दशमलव ५८ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको ४ दशमलव शून्य ४ प्रतिशत, अन्यको २ दशमलव ६३ प्रतिशत, जलविद्युतको २ दशमलव १४ प्रतिशत, होटलको १ दशमलव ५८ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ४१ प्रतिशत, वित्तको शून्य दशमलव ४९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४१ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ९ प्रतिशत परिसूचक बढेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ४ : १० बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रूपन्देही– सिद्धार्थनगर नगरपालिका-३ स्थित सडकमा देवकोटा चोकबाट मेडिकल कलेजतर्फ जाँदै गरेको युपि

दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु

एजेन्सी – भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा भएको सडक दुर्घटनामा एक

आफ्नो गिरफ्तारीसम्बन्धी समाचार ‘डिलिट’ गर्न भरत जंगमको माग

काठमाडौं– सहकारी सञ्चालक भरतमणि जंगमले आफ्नो गिरफ्तारीबारे प्रकाशित समाचारहरु डिलिट

आलमलाई सफाइ दिने दुवै न्यायाधीश सर्वोच्च तानिए, छानबिन थालियो

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत

स्वस्तिक लघुवित्तले पायो आईपीओ बिक्री गर्ने अनुमति 

काठमाडौं– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर