वरिष्ठ नेता नेपालसँग प्रधानमन्त्री ओलीले राखे सहकार्यको प्रस्ताव « Khabarhub

वरिष्ठ नेता नेपालसँग प्रधानमन्त्री ओलीले राखे सहकार्यको प्रस्ताव


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेतासँग छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले नेकपाभित्र देखिएको विवाद समाधानका विषयमा वष्ठि नेता नेपालसहितका चार नेतासँग बालुवाटारमा छलफल गरेका हुन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसँगको छलफलमा नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत नेता सहभागी थिए।

पार्टीभित्र प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद बढ्दै गएपछि ओलीले नेपाल पक्षीय नेतासँग छलफल गरेका हुन्।

करिब डेढ घण्टा लामो समय छलफल भए पनि ठोस निर्णय केही नभएको छलफलमा सहभागी एक नेताले बताए  । प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीले पार्टी अन्यन्तै दयनीय अवस्थामा पुगेको बताउनुभयो । यसअघि विवाद मिलाउन कार्यदल गठन गर्नुभन्दा अघिकै अवस्थामा पुगेको छ । यस्तो हो भने किन बसिरहने त ? तपाइँको सहयोग चाहियो भनेर माधव कमरेडलाई भन्नुभयो’, बैठकमा सहभागी ती नेताले भने ।

वरिष्ठ नेता नेपालले भने प्रधानमन्त्री ओलीलाई जिम्मेवारी अनुसारको विशाल सोच बनाएर काम गर्न आग्रह गरेका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकका लागि लिखित पत्र बुझाएको भोलिपल्ट ओलीले नेपाल समूहका नेतासँग बालुवाटारमा छलफल गरेका हुन् ।

उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री लचक बन्दै अहिले भइरहेका गुटगत भेला रोकिनुपर्नेमा जोड दिएका थिए ।

शनिबार बालुवाटारमा ओली र सचिवालयका प्रचण्डसहितका ५ नेताहरु माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठबीचको भेटवार्ता भनाभन मै सकिएको थियो । सो भेटमा ओलीले बैठक नबोलाउने अडान लिएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ४ : ३० बजे

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का