साथीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ « Khabarhub

साथीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले हत्या अभियोगमा फरार रहेका मकवानपुर गढी गाउँपालिका-१ बस्ने २८ वर्षीय कुमार भन्ने मान कुमार थिङलाई पक्राउ गरेको छ ।

ललितपुर बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गरास घर भएका आफ्नै साथी ३३ वर्षीय हरि खड्काको हत्या आरोपमा फरार रहेका थिङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

२०७६ साउन २८ गते ललितपुर, ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा खड्काको हत्या गरेको अवस्थामा शव फेला परेको घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न थिङलाई मकवानपुर गढी गाउँपालिका-१ ठाँटीटोलबाट पक्राउ गरेको हो ।

खड्का र थिङबीच करिब ९ वर्ष अगाडिदेखि मूर्ति बनाउने काम गर्ने क्रममा एकआपसमा चिनजान भई खड्काकी श्रीमतीसँग समेत थिङको चिनजान भई मोबाइलमा मेसेज आदानप्रदान भएको कुरा खड्काले थाहा पाएपश्चात उनीहरुबीच बिवाद भएकोमा २०७६ साउन २५ गते ललितपुर, ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा खड्कालाई बोलाएर थिङ समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या पश्चात फरार भएको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

घटनामा संलग्न धने भन्ने आरुष थिङ, मृतक खड्काकी श्रीमती विष्णु खड्का, दिपक बम्जन, राम बम्जन र सागर वाइवालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । थिङलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : ५६ बजे

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ