साथीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ « Khabarhub

साथीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले हत्या अभियोगमा फरार रहेका मकवानपुर गढी गाउँपालिका-१ बस्ने २८ वर्षीय कुमार भन्ने मान कुमार थिङलाई पक्राउ गरेको छ ।

ललितपुर बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गरास घर भएका आफ्नै साथी ३३ वर्षीय हरि खड्काको हत्या आरोपमा फरार रहेका थिङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

२०७६ साउन २८ गते ललितपुर, ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा खड्काको हत्या गरेको अवस्थामा शव फेला परेको घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न थिङलाई मकवानपुर गढी गाउँपालिका-१ ठाँटीटोलबाट पक्राउ गरेको हो ।

खड्का र थिङबीच करिब ९ वर्ष अगाडिदेखि मूर्ति बनाउने काम गर्ने क्रममा एकआपसमा चिनजान भई खड्काकी श्रीमतीसँग समेत थिङको चिनजान भई मोबाइलमा मेसेज आदानप्रदान भएको कुरा खड्काले थाहा पाएपश्चात उनीहरुबीच बिवाद भएकोमा २०७६ साउन २५ गते ललितपुर, ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा खड्कालाई बोलाएर थिङ समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या पश्चात फरार भएको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

घटनामा संलग्न धने भन्ने आरुष थिङ, मृतक खड्काकी श्रीमती विष्णु खड्का, दिपक बम्जन, राम बम्जन र सागर वाइवालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । थिङलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : ५६ बजे

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया

उम्मेदवारी दर्ता हुँदै गर्दा गगनविरुद्ध देउवाको रिटमा सर्वोच्चले सुनुवाइ अघि बढायो

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

किमद्वारा उपप्रधानमन्त्री सुङ होलाई बर्खास्त

सियोल– उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ