साउथह्याम्टन प्रिमियर लिगको पाँचौँ स्थानमा | Khabarhub Khabarhub

साउथह्याम्टन प्रिमियर लिगको पाँचौँ स्थानमा


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रिमियर लिग फुटबलमा साउथह्याम्टन ब्राइटोनलाई पराजित गर्दै पाँचौँ स्थानमा उक्लिएको छ ।

सोमबार राति साउथह्याम्टनले घरेलु टोली ब्राइटोनलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्ष ५ मा उक्लिएको हो ।

बराबरीतर्फ उन्मुख खेलमा ड्यानी इग्सले साउथह्याम्टनका लागि विजयी गोल गरेका थिए ।

खेलमा अग्रता २६औँ मिनेटमा ब्राइटोनले पास्कल सकलको पेनाल्टी गोलमार्फत लिएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा जानिक वेस्टरगार्डले पाहुना टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेल सकिन ९ मिनेटअघि ड्यानी इग्सले साउथह्याम्टनलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितपछि साउथह्याम्टनको २० अंक भएको छ ।ब्राइटोन १० अंकसहित १६औँ स्थानमा छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ३० बजे

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज