पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते « Khabarhub

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन् ।

शुक्रबार बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ आउँदै गरेको पानी बोकेको को.प्र.०५-००१ च ०१९० नम्बरको पिकअपमा सोही दिशाबाट आउँदै गरेको को.प्र.०५-००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा त्रियुगा नगरपालिका-११ बस्ने शिव कुमार सदाको छोरी २ वर्षीया रागिनी सदा गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएकोमा दिउँसो १२:५६ बजे उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै, ७० वर्षीया कन्नि सदा घाइते भएकी छन् । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि दुवै सवारीसाधन र चालक नियन्त्रणमा रहेका छन् । सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजात साथमा नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  २ : ४० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा