आइन्सटाइनले १०० वर्ष अघि श्रीमतीलाई लेखेको चिठी अहिले लाखौँमा बिक्यो  | Khabarhub Khabarhub

आइन्सटाइनले १०० वर्ष अघि श्रीमतीलाई लेखेको चिठी अहिले लाखौँमा बिक्यो 


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजभन्दा १०० वर्ष पहिले लेखिएको एउटा चिठी भने लाखौँ मूल्यमा बिकेको छ ।

आजभन्दा १०० वर्ष पहिले महान बैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नी पत्नीलाई लेखेको चिठी २१ हजार ४९२ डलर अर्थात् झण्डै २२ लाख रुपैयाँमा बिकेको हो।

आइन्स्टाइनले सन् १९१९ को डिसेम्बर ५ मा आफ्नी पत्नी र छोरालाई उक्त चिठी लेखेका थिए । कापीको पन्नाको दुबैतर्फ लेखिएको उक्त चिठीमा आइन्स्टाइनले एकातर्फ अल्बर्ट र अर्कोतर्फ बुबा नामबाट हस्ताक्षर गरेका थिए ।

हस्तलिखित त्यो पत्रले आइन्स्टाइनको निजी जीवन र उनको वैज्ञानिक विरासतको विवरण दिन्छ ।

पत्रको शुरुवातमा आइन्स्टाइनले पत्नी मिलेवा मरिकलाई सम्बन्ध विच्छेद गर्ने व्यवस्था र छोरा हेन्स अल्बर्टको शिक्षाको बारेमा चर्चा गरेका छन् ।

उनले लेखेका छन्- यस्तो प्रतीत हुन्छ कि मेरो भाग्यमा फिरन्ते जिन्दगी लेखेको छ । मौजूदा अवस्थामा यो बुझ्न सक्छु कि तिमी निकै राम्रो हुन सक्दछौ ।

अल्बर्टको स्कुल नसारियोस् भन्ने म चाहन्छु । अर्को पन्नामा उनले छोरा हेन्स र एडबर्डको पढाईका बारेमा अन्य कुरा लेखेका छन् ।

आइन्स्टाइनको यो चिठी अमेरिकाको पीआर अक्सन हाउसमा लिलामी भएको थियो ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : २४ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको