आइन्सटाइनले १०० वर्ष अघि श्रीमतीलाई लेखेको चिठी अहिले लाखौँमा बिक्यो  « Khabarhub

आइन्सटाइनले १०० वर्ष अघि श्रीमतीलाई लेखेको चिठी अहिले लाखौँमा बिक्यो 


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजभन्दा १०० वर्ष पहिले लेखिएको एउटा चिठी भने लाखौँ मूल्यमा बिकेको छ ।

आजभन्दा १०० वर्ष पहिले महान बैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नी पत्नीलाई लेखेको चिठी २१ हजार ४९२ डलर अर्थात् झण्डै २२ लाख रुपैयाँमा बिकेको हो।

आइन्स्टाइनले सन् १९१९ को डिसेम्बर ५ मा आफ्नी पत्नी र छोरालाई उक्त चिठी लेखेका थिए । कापीको पन्नाको दुबैतर्फ लेखिएको उक्त चिठीमा आइन्स्टाइनले एकातर्फ अल्बर्ट र अर्कोतर्फ बुबा नामबाट हस्ताक्षर गरेका थिए ।

हस्तलिखित त्यो पत्रले आइन्स्टाइनको निजी जीवन र उनको वैज्ञानिक विरासतको विवरण दिन्छ ।

पत्रको शुरुवातमा आइन्स्टाइनले पत्नी मिलेवा मरिकलाई सम्बन्ध विच्छेद गर्ने व्यवस्था र छोरा हेन्स अल्बर्टको शिक्षाको बारेमा चर्चा गरेका छन् ।

उनले लेखेका छन्- यस्तो प्रतीत हुन्छ कि मेरो भाग्यमा फिरन्ते जिन्दगी लेखेको छ । मौजूदा अवस्थामा यो बुझ्न सक्छु कि तिमी निकै राम्रो हुन सक्दछौ ।

अल्बर्टको स्कुल नसारियोस् भन्ने म चाहन्छु । अर्को पन्नामा उनले छोरा हेन्स र एडबर्डको पढाईका बारेमा अन्य कुरा लेखेका छन् ।

आइन्स्टाइनको यो चिठी अमेरिकाको पीआर अक्सन हाउसमा लिलामी भएको थियो ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : २४ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा