भगवान् गणेशको काटिएको शिर राखिएको यो अचम्मको गुफा « Khabarhub

भगवान् गणेशको काटिएको शिर राखिएको यो अचम्मको गुफा


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दु धर्मशास्त्र अनुसार भगवान् शिवले क्रोधमा आएर गणेशजीको शिर काटिदिएका थिए ।

पछि माता पार्वतीले भनेपछि भगवान् शिवले हात्तीको टाउको ल्याएर जोडिदिएका थिए । तर, भगवान् गणेशको शिर कहाँ राखिएको थियो भन्ने कुरा सायदैलाई मात्र थाहा होला ।

भगवान् शिवले गणेशजीको वास्तविक शिर एउटा गुफामा राखेका थिए । उक्त गुफा भारतको उत्तरखण्डस्थित पिथौरागढमा रहेको छ । यस गुफालाई पाताल भुवनेश्वरको नामबाट पनि चिन्ने गरिन्छ ।

यसको वर्णन स्कन्द पुराणमा गरिएको छ । जहाँ गणेशजीको शिर रहेको छ त्यहाँ भक्तहरुको आस्थाको केन्द्र रहेको छ । त्यहाँ रहेको गणेशजीको मूर्तिलाई आदि गणेश भनेर भन्ने गरिन्छ ।

यो गुफा एउटा विशाल पहाडको ९० फिट भित्र रहेको छ । यो गुफाको खोजी भगवान् आदि शंकराचार्यले गरेका थिए । यस गुफामा भगवान् गणेशको काटिएको शिरको माथि १०८ शवाष्टक व्रह्मकमल रहेका छन् ।

यो व्रह्मकमलबाट भगवान् गणेशको शिलारुपी मूर्तिमा जल झर्छ । मान्यताका अनुसार यो व्रह्मकमल भगवान् शिवले नै  स्थापित गरेका थिए ।

मन्दिरमा आदिगणेशको शिर खस्दै गरेको देखिन्छ । यो गुफामा कालभैरवको जिब्रोको पनि दर्शन गर्न सकिन्छ ।

यसबारेमा मानिसहरु कालभैरवको मुखबाट पसेर गर्भमा प्रवेश गर्दै पुछारबाट निस्किँदा मुक्ति मिल्ने विश्वास गर्छन् ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ५ : ४९ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको