डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालीम | Khabarhub Khabarhub

डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालीम


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– भूकम्पीय जोखिम न्यूनीकरणका लागि नगरमै दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्यले बझाङको बुङ्गल नगरपालिकामा एकहप्ते डकर्मी तालीम सम्पन्न भएको छ ।

युनाईटेड मिसन टु नेपाल (युएमएन) को आर्थिक तथा प्राविधिक सहयोग र दलित सहयोग समाजको समन्वयमा बुङ्गल नगरपालिकाद्वारा आयोजित उक्त तालीममा वडा नं १ देखि ११ सम्मका ११ महिलासहित ५४ जनाको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

‘दरो घर, दिगो बस्ती’ भन्ने नाराका साथ डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालीम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । “हामीले घर निर्माण गर्ने डकर्मीलाई तालीम प्रदान गरी दक्ष बनाएका छौँ”, नगरपालिकाका प्रमुख धनबहादुर विष्टले भने, “तालीमप्राप्त डकर्मीले वडामा गएर अन्य डकर्मीसमेत उत्पादन गर्ने व्यवस्था नगरले मिलाउनेछ ।”

तालीम प्राप्त डकर्मी तथा सचेत घरधनीका कारण नगरभित्रका भौतिक संरचना भूकम्पीय जोखिममुक्त हुने नगरको अपेक्षा छ । नगरपालिकाले हालै घर नक्सापासमा समेत कडाइ गरेको छ । नगरभित्र घर बनाउँदा विशेषज्ञ इन्जिनीयरले तयार पारेको नक्सा र अनिवार्य माटो परीक्षण गरेर मात्र घर निर्माणका लागि आवश्यक अनुमति प्रदान गर्ने गरेको छ ।

नगरपालिकामा मापदण्डविपरीत घर निर्माण भइसकेका घरलाई समेत जरिवानाको दायरामा ल्याएको नगरप्रमुख विष्टले बताए । नेपालमा परम्परागत शैलीदेखि आधुनिक शैलीमा घर निर्माण भइरहेकाले त्यस्ता घरलाई बलियो बनाउनका लागि गाउँदेखि शहरसम्म सचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ ।

मानिसले आफ्नो जीवनमा सबैभन्दा बढी भरोसा गर्ने आफ्नै घर निर्माणमा सचेत नबन्दा आफ्नै ज्यानसमेत जान सक्ने भएकाले सचेत भएर घर निर्माण गर्न लाग्नुपर्ने युएमएनका विपद् जोखिम न्यूनीकरण अधिकृत सुरेश परियारले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १ : ५६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका