सर्वदलीय बैठकमा ३ घण्टा छलफल, संविधान विरोधीविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आह्वान « Khabarhub

सर्वदलीय बैठकमा ३ घण्टा छलफल, संविधान विरोधीविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आह्वान


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ ।

झण्डै ३ घण्टा बसेको बैठकमा कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिलगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा सहभागी दलका नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को नियन्त्रण गर्न, प्राप्त उपलब्धीहरुको रक्षा गर्न, संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन आह्वान गरेका छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  २ : १३ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ